दफा ३६
गुणस्तर र मापदण्ड तोक्न सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खानेपानीको गुणस्तर र मापदण्ड तथा सरसफाइ सेवा सम्बन्धी मापदण्ड तोक्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्डको अधीनमा रही सो मापदण्डले तोकेको गुणस्तरभन्दा न्यून नहुने गरी प्रदेश सरकार र स्थानीय तहले आ-आफ्नो क्षेत्रका लागि खानेपानी तथा सरसफाइ सम्बन्धमा आवश्यक मापदण्ड तोक्न सक्नेछ ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास अवस्थाको लागि- खानेपानीको गुणस्तर कायम राख्न कुनै खास विधि वा तरिका तोक्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम तोकिएको गुणस्तर र मापदण्ड कम्तीमा प्रत्येक पाँच वर्षमा पुनरावलोकन गरिनेछ ।
(५) यस दफा बमोजिम नेपाल सरकारले तोकेको गुणस्तर र मापदण्डको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।